पानीरंग चित्रको ईतिहास र नेपाली कलाको सन्दर्भ, संभावना र भविष्य
पानीरंग चित्रको ईतिहास र नेपाली कलाको सन्दर्भ, संभावना र भविष्य ईशान परीयार Ishan Pariyar (photo source: private collection) परिचय पानीरंग चित्रलाई कलाकार, कलापारखीहरुका विचमा एक छुट्टै, आकर्षक र रमणीय कलाकृतिको उदाहरणका रुपमा लिने गरिन्छ । यस माध्यममा अन्तरनिहित गुण र विषेशताहरुका कारणले नै पानी रंगलाई सबैजनाले मनपराउने र रुचि पुर्वक प्रयोग गरेको पाइन्छ । यो माध्यमका चित्रहरु हेर्दा सरल देखिए पनि यसलाई अभ्यासका साथ पारंगत हुन धेरै मिहिनेत र अथक प्रयासका साथ साथै धैर्यताको आवश्यकता पर्दछ । पानी रंगमा निहीत पारदर्शिता (Transparency) , रंग प्रवाह (flow & fluidity) / tfhfkg (freshness) जस्ता गुणहरुले नै यो माध्यम एक आकर्षक कला अभिव्यक्तिको माध्यमको रुपमा स्थापित भएको छ । पानी रंगलाई अन्य रंगहरुको दाँजोमा अलि गाह्रो माध्यमको रुपमा पनि लिने गरिन्छ । मुलत यसलाई प्रयोगमा ल्याउन अभ्यास, विधि र सन्तुलन नियन्त्रणले नै यसमा दक्षता हाँसील गर्न सकिन्छ । त्यसैले सधै एक पानीरंग चित्रकार (wate
Comments