सिर्जनशील युवा कला पुरस्कार ईशान परियारलाई
सिर्जनशील युवा कला पुरस्कार ईशान परियारला ई पोखरा, २५ भदौ / सिर्जनशील कलाकार समूह, कास्कीले कलाकार ईशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार २०७३ बाट पुरस्कृत गरेको छ । एक दशक बढि समयदेखि कला क्षेत्रमा योगदान दिएको भन्दै पराजुलीलाई नगद १० हजार र ताम्रपत्र सहित शनिबार पुरस्कृत गरेको हो । महेन्द्रपुल स्थित पिएसएम आर्ट ग्यालरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज कलाकार दुर्गा बराल वात्स्यायन, क्षेत्रलाल कायस्थ लगायतले परियारलाई पुरस्कृत गरे । प्रमुख अतिथि बास्तोलाले पोखरामा कला, संस्कृतिको विकासका लागि संघ स्थापनाकाल देखि नै लागिरहेको भन्दै कलाक्षेत्रको प्रवद्र्दनका लागि सञ्चार क्षेत्रको पनि सहयोग रहिरहने बताए । ‘कलाकारलाई यस्तो सम्मानले हौसला मिल्छ । उर्जाशील भई अघि बढ्न मद्धत पु¥याउँछ’– उनले भने– ‘ओझेलमा परेका कलाकारलाई अघि बढाउने काम सञ्चार क्षेत्रको पनि हो ।’ वरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ ले उपयुक्त पात्रलाई पुरस्कृत गर्दा पुरस्कृत व्यक्तिमात्र नभई पुरस्कारक...