पानीरंग चित्रको ईतिहास र नेपाली कलाको सन्दर्भ, संभावना र भविष्य

ईशान परीयार
ईशान परीयार
Ishan Pariyar (photo source: private collection) |
परिचय
पानीरंग चित्रलाई कलाकार, कलापारखीहरुका विचमा एक छुट्टै, आकर्षक र रमणीय कलाकृतिको उदाहरणका रुपमा लिने गरिन्छ । यस माध्यममा अन्तरनिहित गुण र विषेशताहरुका कारणले नै पानी रंगलाई सबैजनाले मनपराउने र रुचि पुर्वक प्रयोग गरेको पाइन्छ । यो माध्यमका चित्रहरु हेर्दा सरल देखिए पनि यसलाई अभ्यासका साथ पारंगत हुन धेरै मिहिनेत र अथक प्रयासका साथ साथै धैर्यताको आवश्यकता पर्दछ । पानी रंगमा निहीत पारदर्शिता (Transparency) , रंग प्रवाह (flow & fluidity) / tfhfkg (freshness) जस्ता गुणहरुले नै यो माध्यम एक आकर्षक कला अभिव्यक्तिको माध्यमको रुपमा स्थापित भएको छ । पानी रंगलाई अन्य रंगहरुको दाँजोमा अलि गाह्रो माध्यमको रुपमा पनि लिने गरिन्छ । मुलत यसलाई प्रयोगमा ल्याउन अभ्यास, विधि र सन्तुलन नियन्त्रणले नै यसमा दक्षता हाँसील गर्न सकिन्छ । त्यसैले सधै एक पानीरंग चित्रकार (water colorist) लाई यो रंग चुनौती र सफलताको रुपमा रहेको हुन्छ । पानीरंग स्वच्छ र खुशीको रंग पनि हो । पानीको गुण सँग छचल्कीएर पोखिने यस्को सौन्दर्य पक्षले सबैलाई मोहित तुल्याइरहेको हुन्छ । यस अर्थमा कलाकारको तनाव र मुक्ति उसको अन्तरनिहित भावना, शिल्प र प्रस्तुतिलाई दर्शक ले सहजै महशुश गर्न सक्दछन् । पानी रंग लाई परिभाषित गर्दा पानी रंग त्यस्तो रंग हो जुन पारदर्शी रंग तत्व (pigment) ले बनेको हुन्छ । जस्ले चित्र सतहको सेतो भाग वाट परावर्तित रंगको वर्णलाई संचार गराउदछ । जसमा कागजको सेतो भागलाई जोगाई सेतो रंगको प्रयोगलाई वर्जित गर्दछ र आफ्नो यी गुणहरुलाई कायम राख्दछ ।
पानी रंग चलनचल्तीका अन्य रंगहरु जस्तै कि तैल, एक्रेलिक, पेष्टलहरु भन्दा भिन्दै हुनुमा पनि यस्को तात्विक विशेषता नै मुख्य हो । उच्च स्तरका पानीरंगहरु पनि एक्रेलिक, तैल रंगको बनावट जस्तै पानी, गम अराबिक र ग्लीसरीन को उचित संयोजनमा बनेको हुन्छ । जस्मा तिनै रंगहरु मा प्रयोग गरिएको pigment पिग्मेन्ट राखिएको हुन्छ । यसर्थ राम्रो चित्र सतह कागज मा बनाइएको चित्र बढी टिकाउ र गुणस्तरिय हुन्छन् । आजकल पानीरंगलाई ओझेलमा पारेर अन्य रंगहरुले गति लिएको पाइन्छ । अन्य रंगहरु पनि बढि टिकाउ हुने कारण कलाकार र कलापारखीहरुले पनि रुचाएको पाइन्छ । तर यो सरासर गलत हो । उच्च गुणस्तरका रंग र कागजको प्रयोग गर्ने हो भने पानीचित्रहरु पनि वर्षौ वर्ष टिक्न सक्दछ । यसलाई बायुमण्डल बाट Oxidization हुनुबाट जोगाउन पर्दछ । यसकोलागी Acid free paper / 100% rag paper हरुको प्रयोग नै उत्तम विकल्प हो ।मुलतः पानी रंगलाई सहज रुपमा उपलब्ध, पानीमा घुलनशिल हुने र सजिलै बग्ने, फैलने गर्दछ । जस्मा खासगरी सतहको रुपमा कागजको प्रयोग गरिन्छ । जुन प्रयोग पश्चात सजिलै सुक्दछ र आकर्षक देखिन्छ । यसको सँगै ग्वास (Gouche) रंगहरुमध्ये पोष्टर रंग र एक्रेलिक, रंगहरु पनि पानी रंग भित्र पर्दछन् । तसर्थ पानीरंग भन्ने वित्तिकै शुद्ध पानी मात्र नभई ग्वास रंगहरु पनि पर्दछन् ।
पानी रंगको इतिहास
क) सन्दर्भ पश्चिमी अभ्यास ः
पानी रंगको इतिहास को बारेमा चर्चा गर्नुभन्दा पहिले समग्र कलाको प्राग ऐतिहासिक कलाको सन्दर्भलाई कोट्याउदा उपर्युक्त हुनेछ । पानीरंगको उत्पत्ति, विकासको सन्दर्भलाई प्रागऐतिहासिक मानव समाजमा कोरिने गरेका गुफा चित्रहरु बाट लिन सकिन्छ । जस्मा उनीहरुले कोइला, माटो, गेरु जस्ता प्राङगारिक पिग्मेन्ट रंगहरुको प्रयोग गरिएको पाइएको छ । जस्मा उनीहरुले आफु वरिपरि पाइने जीवजन्तुको चित्रण गर्ने गरेका थिए । यसरी मानव सभ्यता को आरम्भको समय, सुरुवात अन्वेषण र विकासको साथसाथै कागजको आविस्कार र रंगतत्व (pigment) मा भएको सुधार र उन्नती का साथसाथै सौन्दर्य विधी को चेतना जस्ता कारकले पानीरंगलाई ललितकलाको एउटा स्थापित माध्यमको रुपमा विकसित हुन सहयोग गरेको छ ।
१२ औ शताब्दीमा चाइनामा भएको कागजका आविस्कार, उत्पादन र पानीरंगको बुट्टा भर्ने अनि सजाउने प्रचलन युरोपमा प्रवेश ग¥यो । त्यसको केही शताब्दीमै यूरोपीयन कलाकारहरुले आफ्नै तरिकाले पिग्मेन्ट र चकहरुको समि७नतसण र घोलेर चित्र (fresco painting) का लागि पानी रंगको तयार गर्थे । विश्व प्रख्यात उदाहरुणको रुपमा सिस्टाइन च्यापेल (Sistian Chapel) मा कोरिएको चित्रहरुलाई पानी रंगको प्रारम्भीक प्रयोगको रुपमा लिन सकिन्छ । जब फ्रेस्को चित्रमा भिजेको प्लाष्टरमा यस्को प्रयोग तिव्र रुपमा भयो त्यतिवेला अझ यो माध्यमलाई कागजमा प्रयोग गर्दा अझ शसक्त र सबल चित्र आकृतिहरुको बन्न थाल्यो । पुनर्जागरण काल (Renaissance Period) देखि यस्को सुरु भयो । त्यसपछि विस्तारै उत्पादन हुन लागेको तयारी रंग र सिन्थेटिक ९कृतिम० पिग्मेन्ट का कारण पानीरंग पनि एक माध्यमको रुपमा विकास भएको पाइन्छ । १५औ शताब्दीका उत्तर जर्मन पुनर्जागरण कालका कलाकार अल्बर्ट डुडर (Albrecht Durer) ले पानीरंग को विधि र रंगको प्रयोगमा विकास गरे । उनले थुप्रै बोटानिकल, वन्यजन्तु तथा दृश्य चित्रण गरे । उनले पानीरंगको सम्भाव्यता को खोज र पानीरंगमा निहित पारदर्शिता र चमक जस्ता गुणहरु को महशुस र अभ्यास गरे । उनका पानीरंग चित्रहरुले नै उनलाई पहिलो पानी रंगमा युरोपियन ल्याण्स्केप गर्ने कलाकारका रुपमा चिनायो । दृृष्य चित्र र वस्तुचित्रहरुमा गरिएको सुक्ष्म अध्ययन उनका चित्रहरुमा अभिव्यतm भएका छन् । उनका चित्रहरु यथार्थवादी शैलिमा बनाइको पाइन्छ । जहाँ रंगका ब्रस स्ट्रोकहरुलाई सुन्दर सबल रुपमा प्रयोग गरिएको छ र रंगको माधुर्यता र त्यस्को सुन्दरतालाई कायम राखिएको छ ।
बोरोक कलाकारहरुले सामान्य रुपमा स्केच, कपी र कार्टुन बनाउन अभ्यास गर्ने माध्यमका रुपमा वाटर कलर लाई लिएका थिए । आरम्भिक कलाकारका रुपमा Van Dyck, clande Lorrain आदि Dutch कलाकारहरुले यसको अभ्यास गरेका थिए । रेनेसा कालमा बोटानिकल चित्रहरुको व्यापक प्रचलन थियो । १८ औँ शताब्दीका अर्का युरोपियन कलाकार J.M.W. Turner ले पानी रंगको अभिव्यञ्जनात्मक प्रकृति र रंगको विधि, तरिका को पक्षमा परिक्षण गरेका थिए । उनको पानीरंग विधि बाट पारदर्शी (Transparent) र अपारदर्र्शी (Opaque) को रुपमा विभाजन गर्न सकिन्छ । जस्मा अपारदर्शि रंगको रुपमा ग्वास रंग (Gouche) प्रचलनमा आएको छ भने पारदर्शी रंगको रुपमा पानी रंग प्रचलनमा छ । १८ औ शताब्दी देखि नै पानीरंग लाई गहन रुपमा अभिव्यञ्जनात्मक कलाको माध्यमको रुपमा लिइयो । जस्मा १८ औ शताब्दीका द्धय कलाकारहरु टर्नर र जोन कन्स्टेबल को योगदान यो माध्यमलाई स्वाधीन माध्यमका रुपमा स्थापित गराउनमा भएको पाइन्छ । १८०४ मा The society of painter पछी Royal water color society को रुपमा स्थापना भयो ।
चित्रको प्रारम्भीक अभ्यास र अध्ययन स्केच कपी र कार्टुन को रुपमा अभ्यास गरिने चित्रको प्रारम्भीक अभ्यास गरिन र पानिरंगलाई एउटा नयाँ माध्यम रुपमा स्थापित गराइने काम त भयो तर यस्लाई यस्को अर्को उचाई मा पु¥याउने काम जोन सिंगर सर्जेन्ट (John Singer Sergent), विनस्लो होमर (Winslow Homer) र विलियम रसेल फिलेन्ट (William Russell Flint) आदी कलाकारहरुले गरे ।
१९ औ शताब्दी तिर संयूक्त राज्य अमेरीकामा पानी रंग चित्र प्रचलित भएको पाइन्छ । सुरुवाती कलाकार को रुपमा John James Andubon / Husdson River School का कलाकारहरु William H Bartleft , George Haury आदी कलाकारहरुले पानी रंगमा काम गरे । १८६६ मा त्यतिवेलाको The American Society of painters in Water color को स्थापना भयो जुन पछी गएर American water colour society को रुपमा रहेको छ । १९ औ शताब्दीको उत्तराद्र्धमा कलाकारहरु Thomos Moran, John Singer Sargent, Winslow Homer आदिले पानी रंगमा उल्लेखनीय कामहरु गरेको पाइन्छ ।
अमेरीकन कलाकार John Singer Sargent जो जीवनभर पानीरंग चित्रहरु कोर्नमा बिताए उनका चित्रहरुमा सबल सुन्दर ब्रस स्ट्रोकको साथै रंगमा ताजापन र प्राकृतिकता को अनुभव गर्न सक्दछौ । प्रकृतिमा गएर चित्र कोर्ने भएकाले उनको पानी रंगमा हुनुपर्ने तात्वीक गुण र सौन्दर्यानुभुतिको अनुभव हुन्छ । १८८० मा उनले Impressionism exhibition मा भाग लिए त्यसपछि outdoor Plein air मा काम गर्न थाले । उनका चित्रहरुमा प्रभाववाद शैलीको प्रभाव देखिन्छ । अर्का पानीरंग चित्रकार Winslow Homer का चित्रहरुमा स्वच्छन्द रुपमा प्रकृति को चित्रण भएको पाइन्छ । उनका प्राकृतिक सौन्दर्य लाई कैद गरेका चित्रहरु आकर्षक र चम्किला रंगमा बनाइएका छन् । चित्रकार John James Audubon ले बन्य जन्तु चित्रण गरेर पानी रंग को विकासलाई उचाइमा पु¥याएका थिए ।

१९ औ शताब्दीको मध्यतिर प्रचलित प्रभाववादी कलाकारहरुले पनि पानीरंगलाई चित्रका माध्यमका रुपमा अंगालेका थिए । स्वभावत नयाँपन र नयाँ खोज गर्ने उत्तर प्रभाववादी कलाकारहरु पाउल सेजान, भ्यान गोकले पनि यो माध्यममा काम गरेका छन् । सेजानले आफ्ना निस्प्राण चित्रमा पानीरंगको तह तह बनाई रङगाउने तरिकामा काम गरेका थिए । तैल रंगमा चिरपरिचित कलाकार Van Gogh ले पनि करिव १०० थान चित्रहरु पानीरंगमा बनाएका थिए । २० औ शताब्दी पूर्वाद्र्धमा यूरोपमा सुन्दर दृष्यचित्रहरु का साथै सानो सानो तहहरुमा एक अर्का माथि शुद्ध रंगहरु थपेर कलाकार Raw Signac / Paul
cezanne ले थुप्रै काम गरे । यही शताब्दीमा अन्य महत्वपूर्ण कलाकारहरुले पनि उल्लेखित पानी रंग चित्रहरु बनाएका छन् । Wasilily Kandinsky, Emaiol Nolde, Paul
Klee, Egon Schiele and Raul Dufy र अमेरीकामा Charies
Burckfied, Edward Hopper, Geergia O
katte, John Marin का अधिकांश कामहरु पानीरंग मा बनाइएका छन् । क्यालिफोर्र्र्नीयाका कलाकारहरुले “मौसम” बिशेष गरी Plein
Air को परम्परालाई अगाडी बढाएर Phil Dike, Dong Kingman, Millard Sheets, Rex Brandt ले काम गरेका थिए । १९२१ मा California water colour society को स्थापना भएको र पछि गएर यो National water Colour
Society मा परिवर्तन भयो । १९५० को दशक तिर अमुर्त अभिव्ञ्जनावाद (Abstract expressionism) को उदय संगै कलाकारहरुमा काम गर्ने शैली र तरिकाले प्रभाव पार्न थाल्यो । यस्ले स्वत पानीको रंगको ख्यातीलाई कम गराउदै लग्यो । यो दशक पछिका केहि कलाकारहरुले आफ्नो कलामा पानी रंगलाई सिमित गरे भने Andrew wyeth, Joseph Raffael, Grehard
Richter आदीले निरन्तरता दिदै गए ।
यसरी विकसित हुदै आएको पश्चिमी पानीरंग चित्रकारहरु (Watercolorist) धेरै नै संख्यामा देखा परेका र स्थापित भई आएका छन् । प्रत्येक चित्रकारहरु को बारेमा चर्चा गर्नु त्यति उपर्युक्त नहोला । किनकी पानीरंगको चर्चा यस्को छुट्टै नौलो शैली र विश्व प्रसिद्ध चित्रहरुको चर्चा कम नै हृ्ने गरेको छ । यसर्थमा यहाँ अहिले को समय, परिवेश मा काम गरिरहेका केही ख्याती प्राप्त कलाकारहरुको संक्षिप्त उल्लेख गर्नु आवश्यक ठानेर यो सन्दर्भमा चित्र को गुणस्तर र सौन्दर्य पक्षलाई मध्यनजर गरि विभिन्न देश वाट एक एक कलाकारको संक्षिप्त ब्याख्या गर्न खोजिएको छ ।

UK का कलाकार David
Curtis पानीरंगका साथसाथै तैल माध्यममा पनि काम गर्र्दै आएका एक ख्यातिप्राप्त कलाकार हुन् । उनको पानी रंगमा मधुरता र सौन्दर्य बोध हुन्छ । चाइनाका कलाकार Z.
L. Feng का पानीरंग चित्रहरुमा अदभुत सौन्दर्य को अनुभुती गर्न सकिन्छ । विशेषत प्रकृतिलाई प्रेरणाका रुपमा लिने उनका पानी रंगमा एक किसिमको जादुमय आकर्षण पाउन सकिन्छ । भारतीय कलाकार Samir
Mandal का पानी रंग चित्रहरु एक उत्कृष्ट चित्रहरुको नमुनामा पर्दछन् । पानी रंग लाई स्वच्छन्द रुपमा तुलिका बुन्ने उनका चित्रहरुमा चम्किला रंग र कन्ट्राष्ट रंगको प्रयोग ले आकर्षक देखिन्छन् । Uruguay का कलाकार Alvaro
Castagnet एक Plein Air watercolorist हुन् । उनका चित्रहरु सरल र आकर्षक हुन्छन् । जापानी मुलकी USA Caliafornia का कलाकार Keiko Taneba पानीरंग चित्र मा एक पारङगत कलाकार हुन् । उनको पानीरंग चित्रहरु मनमोहक र शितल रंगमा बनेका हुन्छन् । थाइल्याण्ड का कलाकार Direk
Kingnok का चित्रह्ररु पनि शुद्ध र आकर्षक संयोजनमा बनेका हुन्छन् र ताजा रंगहरुको प्रयोग उनका चित्रमा पाइन्छ ।
ख, सन्दर्भ– नेपालको संक्षिप्त इतिहास र अभ्यास ः
पश्चिमी देशहरुमा जसरी कलाका आयामहरु विकसित हुँदै आए, त्यहाँका तुलनामा नेपालमा कलाको नविननतम प्रयोग र अभ्यास को इतिहास त्यति लामो छैन । १० औ शताब्दीमा बनेको प्रज्ञापारमिताको ग्रन्थ चित्र (Manuscript illumination) लाई नेपालको सबैभन्दा पुरानो र सुरुवातको चित्रको रुपमा लिने गरिन्छ । उक्त चित्रमा प्रयुक्त रंग रेखाको प्रयोगले एउटा छुट्टै खालको प्राचिन र नेपालीपनको मौलिकला बोकेको छ । पश्चिमी देशहरुमा रंगको बारेमा खोज, अनुसन्धान प्रयोग र उत्पादनको विकास क्रमश भएको थियो तर नेपालको इतिहासमा रंगको तयारी स्वयं कलकारहरुले स्थानीय कच्चा पदार्थ र प्राप्त रंगका ७नतसोतहरुबाट बनाएर प्रचलनमा ल्याएका थिए । नेपालको कलाको इतिहासलाई हेर्दा किराँतकाल, लिच्छविकाल देखि लिएर मल्लकाल सम्म आइपुग्दा चित्रकलाको दाँजोमा वास्तुकला र मूर्तिकलाको चरम विकास भएको पाइन्छ । तथापि ग्रन्थ चित्र, पटचित्र, भित्तेचित्र पनि उल्लेखनीय मात्रामा बनेको थियो ।
नेपालमा विकसित हुँदै आएको कलाको आयामहरु मध्यकाल हुँदै आधुनिक कालसम्म आइपुग्दा यसले धेरै फड्को मारेको छ । नेपाली पानी रंग चित्रको सन्दर्भमा चर्चा गर्नुभन्दा पहिले नेपालमा कसरी आधुनिक शैली र माध्यम भित्रियो भनेर संक्षिप्त उल्लेख गर्नु यहा सान्दर्भिक देखिन्छ । सन् १८५० मा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत र फ्रान्स भ्रमण देखि नेपाली कलामा पश्चिमी कलाको प्रभाव सुरु भएको पाउन सक्छौं । त्यतिबेला उनले आफुसँग दरबारिया कलाकार भाजुमान चित्रकारलाई पनि साथै लगेका थिए । भाजुमानले त्यहाँ हुँदा देखेर, सिकेर आएका शैली र माध्यम नेपालमा आएर प्रयोग गरे । तैपनि उनले प्रयोग गर्ने पानी रंगको शैली भने अपारदर्शी तरिकाले गर्दर्थे । त्यस्तै सन् १९०८ मा दीर्घमान चित्रकारको युरोप भ्रमणले पनि पश्चिमी शैलीको प्रभाव भित्रियो । यो इतिहासको मोडलाई महत्वपूर्ण घडीका रुपमा हेर्न सकिन्छ ।
त्यतिबेला पानी रंगमा आफ्नै शैलीमा स्वतस्र्र्फुत काम गर्ने कलाकारहरुमा मनोहरमान प,ुँ जीवरत्न शाक्य, कुलमान सिंह भण्डारी, प्रेमलाल चित्रकार र चन्द्रमानसिंह मास्के आदि पर्दछन् । सन् १९२० मा भारतको गभर्मेन्ट कलेज अफ फाइन आर्ट एण्ड क्राफ्ट कोलकातामा कला अध्ययनका लागि नेपालबाट गएका तेजबहादुर चित्रकार र चन्द्रमान सिंह मास्केले पश्चिमी कला शिक्षालाई नेपालमा ल्याएर स्थापना गर्न ठुलो भुमिका खेले । इतिहासको यही मोड देखि नै नेपालमा जलरंगको वास्तविक अभ्यासको थालनी भएको पाउन सक्दछौं । कलाकार तेजबहादुर चित्रकार र चन्द्रमानसिंह मास्केका पानी रंग चित्रहरुमा पानी रंगका वास्तविक सुन्दरता र विशेषताका छनकहरु महसुस गर्न सकिन्छ । सन् १९३० को दशकतिर नेपालमा उपर्युक्त कला शिक्षा र स्कुलको थालनी र विकासक्रम अगाडी बढेको पाइन्छ । यसर्थ पानी रंग चित्रकारिताको अभ्यासको थालनी तद्उपरान्त हुन थालेको थियो । मास्टर तेजबहादुर चित्रकारका शिष्य अमर चित्रकारलाई नेपालमा प्रसिद्ध पानीरंग चित्रकारका रुपमा लिने गरिन्छ । तर उनी कलाका अन्य विधाहरुमा पनि उत्तिकै पोख्त थिए । तेजबहादुरका अर्का शिष्य केशवलाल चित्रकार (अमर चित्रकारका भाई) र उनका छोरी शारदा चित्रकार र छोरा मदन चित्रकारमा पनि पानी रंग चित्रकारिताको राम्रो छाप परेको छ ।
१९६० को दशक तिर लैनसिंह वाङ्देलको नेपाल आगमनसँगै त्यसपछिको समकालिन परिवेशलाई पनि उल्लेखनीय रुपमा हेर्न सकिन्छ । उनको काठमाडौं बसाइसँगै आधुनिक कलाको अभ्यास र प्रवद्र्धनमा विकास भएको पाइन्छ । १९६० देखि १९८० को दशकसम्म आउँदा नेपाली कलाको परिवेशमा कलाको छुट्टै माहौल खडा भएको थियो । भारत र अन्य देशमा गएर कला अध्ययन गरेर आएका कलाकारहरुका नेपाली कलाको विकास र संस्थापनमा प्रमुख भुमिका खेलेका थिए । कलाकार रामानन्द जोशीको नाम नेपालमा आधुनिककलाको पानी रंगको स्कुलिङ्गको स्थापना गर्नमा लिने गरिन्छ । त्यस्तै चतुररत्न उदास, मनबज्र बज्राचार्य, केशव दुवाडी, चन्द्रबहादुर मानन्धर, कालीदास श्रेष्ठ, जिवरत्न शाक्य, मनुजबाबु मिश्र, राज मानन्धर, शशी विक्रम शाह, गोविन्द डंगोल, विजय थापा, कृष्ण मानन्धर आदि दिक्षित कलाकारको योगदान नेपालमा कला शिक्षाको स्थापनामा रहेको छ । नेपालमा सुरुको कला विद्यालय नेपाल कला पाठशाला, त्यसपछि जुद्ध कला पाठशाला, ललितकला क्याम्पसबाट दिक्षीत कलाकारहरु र आत्मदिक्षित कलाकारहरुको माहौलले नेपालमा पानीरंग चित्रकारिता मौलाउन गएको पाउन सकिन्छ । तथा सबै विधाहरु र माध्यमहरुमा व्यापक रुपमा अभ्यास हुँदै आइरहेको पाइन्छ ।
यसर्थ अहिलेको परिवेश सम्म आइपुग्न यो कलाको विकासक्रमलाई मध्यनजर गर्नु अति आवश्यक रहेको छ । पानी रंग चित्रको प्रदर्शनी, प्रबद्र्धन र समष्टिमा संस्थागत प्रयास धेरैपछि मात्र आएर भएको पाइन्छ । तथापि कलाको अभ्यास र प्रवद्र्धन व्यक्तिगत र कलाका थुप्रै संघसंस्थाहरुले गर्दै आइरहेका थिए र गर्दै आइरहेका पनि छन् । नेपाली पानी रंग चित्र विधाको चर्चा गर्नुपर्दा दुइवटा स्कुल रामानन्द जोशी, काठमाडौं र दुर्गा बराल, पोखरा को चर्चा गर्नु यहाँ सान्दर्भिक हुन आउँदछ । यी दुवै कलाकारहरुले व्यक्तिगत र सामुहिक प्रयासमा पानीरंगको स्कुलिङमा योगदान पु¥याएका छन् ।

रामानन्द जोशी स्कुल
सन् १९६४ मा सर जे.जे. स्कुल अफ आर्ट बम्बइबाट विधिवत कला शिक्षा प्राप्त गरेर नेपाल आएका रामानन्द जोशीले पानी रंगाका विकास, प्रवद्र्धन र अभ्यासमा योगदान दिएको पाइन्छ । त्यतिबेलाको रत्नपार्कमा खोलिएको पार्क ग्यालरीमा कलाका अतिरिक्त कक्षाहरु संचालन हुने गर्दथ्यो । कला कक्षाका साथसाथै तत् स्थानमा लगेर चित्र कोर्न गतिविधि सुरु हुन थाल्यो । कलाकार आफै पनि नेपालको धेरै ठाउँहरुमा पुगेर तत्स्थानीय चित्रहरु कोर्नमा तल्लिन रहे । plein Air-workshop को अवधारणालाई कलाकार रामानन्द जोशीले अवलम्बन गरेको पाइन्छ । साथै उनको योगदान कलाका अन्य विधाहरु र संस्थापनमा पनि त्यक्तिकै मात्रामा रहेको छ । त्यस्तै पानी रंगलाई माध्यम बनाई काम गरेका अर्का चित्रकार दिलबहादुर चित्रकारको नाम उल्लेख गर्नु सान्दर्भिकता देखिन्छ । रामानन्द जोशी भन्दा अगाडीका कलाकार भएपनि उनले प्राप्त गरेका शिक्षा र देश विदेशको भ्रमणले कलामा आफ्नै खोज र विषयबस्तुलाई नितान्त आफ्नै अभिव्यक्तिमा प्रस्तुत गरेका छन् । उनले तेल रंगमा पनि राम्रो काम गरेका छन् साथ साथै उनको जलरंग चित्रहरु पनि बेजोड नमुनाका रुपमा लिने गरिन्छ ।

उनी पछिका पुस्ताहरुमा इन्द्र प्रधान, शंकरनाथ रिमाल, मनुजबाबु मिश्र, टेकविर मुखिया, शारदा चित्रकार, श्यामलाल ७नतसेष्ठ, मदन चित्रकार, शंकरराज सिंह सुवाल, गौतमरत्न तुलाधर, मोहन खड्का, कर्ण मास्के, रतनकुमार राई, नरेशसुन्दर सैजु, जीवन राजोपाध्याय, रागिनी उपाध्याय, रत्नकाजी शाक्य, टार्जन स्याङपाङ्, श्रीजन राजभण्डारी, शान्तकुमार राई, किरण मानन्धर, राजु चित्रकार, बाबुराजा द्यौला, हिरालाल डंगोल, हरेराम जोजिजु, सुरेन्द्र प्रधान आदि कलाकारहरुले पानी रंगलाई माध्यम बनाएर चित्रहरु कोरेको पाइन्छ । त्यस पछिका पुस्ताहरुमा राजन काफले, महेश आचार्य, निरा जोशी प्रधान, डि.राम पाल्पाली, दिपक महर्जन, सुधा राजोपाध्याय, शोभा बज्राचार्य, मन्दिरा मल्ल राजभण्डारी, शान्ता हिताङ, राजु पिठाकोटे, विनोदकुमार गुप्ता, आर.पि यकामी, वि.आर.श्रेष्ठ, नारायण लामिछाने, एन. वि गुरुङ, चन्द्रकुमार ताम्राकार, रेविका शाक्य, आशुराम खैजु आदि रहेका छन् । नवपुस्ता मा आएर पानी रंगमा चित्र कोर्ने माहौल पहिलेको भन्दा प्रगति भएको देखिन्छ । काठमाडौंमा खोलिएका तीन प्रमुख कलाका कलेजहरुमा यहाँका सैद्धान्तिक प्रयोगात्मक अभ्यासहरु भएका छन् । तथापी नवपुस्ताका कलाकारहरुमा थुप्रै प्रतिभाहरु देखा परिसकेका छन् । डि.वी. राई, इशान परियार, कमल गुरुङ, ध्वज गुरुङ्ग, रिति महर्जन, हरिओम मेहता आदि पानी रंगमा काम गर्दै आएका अहिलेका युवा कलाकारहरु हुन ।
दुर्गा बराल स्कृ्ल
कलाकार दुर्गा बरालको चर्चा गर्दा उनी स्वाध्ययनबाट आत्मदिक्षित कलाकार हुन् । पोखराको परिवेश र त्यहाँको पर्यावरणले उनलाई कलाकारका रुपमा जन्माएको छ । कलाको विधिवत शिक्षा नलिए पनि उनले आइ.सि.एस. बम्बईबाट पत्राचारमा अनौपचारिक स्नातक लिएका थिए । यसबाहेक ग्राफिक आर्टस्मा जापानमा तालिम प्राप्त गरेका उनले पोखरालाई पानीरंगको विद्यालयको रुपमा स्थापना गर्न अग्रणी भुमिका खेलेका छन् । वि.सं. २०२० को दशकको मध्यतिर उनले काठमाडोंको संघर्षशील कला जीवनलाई त्यागेर पोखरामा गई कला कर्ममा तल्लिन रहे र उनले त्यहाँ Eagle Eye Studio खोलेर पोखरा वरिपरीका प्राकृतिक छटाले भरिएको दृष्यलाई चित्रमा कोर्न थाले । आकर्षक रंग र शैलीमा कोरिएका प्राकृतिक दृश्य चित्र देखेर विदेशी पर्यटकहरुले खरिद गर्न थाले । यसरी पोखरामा स्थानीय दृष्यचित्रहरुको कला बजार फस्टाउँदै गयो ।

Durga Baral (photo source : https://www.facebook.com/photo.php?fbid=10153223966155558&set=a.10153223767930558. 1073741840.547870557&type=3&theater) |
वि.सं २०२२ सालमा नेपाल ललितकला संस्थाको स्थापना पश्चात यस संस्थामा पोखरेली कलाकारहरु पहिलो पटक संगठित भए । यस पश्चात २०२७बmउस सालमा नेपाल ललितकला संस्थाको शाखा पोखरामा खोलियो । कलाकार यादवचन्द्र भुर्तेल जो ललितकलामा डिप्लोमा गरेका थिए तथा अन्य कलाकारहरु कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, विश्वरत्न शाक्य, कृष्णगोपाल रञ्जित, क्षेत्रलाल कायस्थ, अघिल्लो पुस्ताका कलाकारहरुले पानीरंगमा अभ्यास गरेको पाइन्छ । त्यसपछिका अर्का पुस्ताका कलाकारहरुमा बुद्धि गुरुङ्ग, हरेराम जोजु, महेन्द्र राजभण्डारी, आलोक गुरुङ्ग, विश्व श्रेष्ठ, रमेश श्रेष्ठ, केदार पालिखे, डिराम पाल्पाली , कुमार गुरुङ्ग, लोकप्रसाद गुरुङ्ग, चोकबहादुर गुरुङ्ग आदिको आगमन भएको पाइन्छ । पानी रंग चित्रकारहरुको अर्को पुस्ताका कलाकारहरुमा पदम घले, सञ्जय गुरुङ्ग, राजदुर जोशी, होगार्थ भुर्तेल, किरण रञ्जित, सिर्जना राजभण्डारी, राजु मानन्धर, विश्वराज पराजुली, रिक गुरुङ्ग, अमृत बाबु पौडेल पर्दछन् ।
काठमाडौंको एक किसिमको माहौल र परिवेशबाट टाढा रहेर पनि यतिसम्मको कला जागरण र विकास हुनु पक्कै पनि सह्रानीय कुरा हो । पोखरेली कला अझ भनौ विशेष पानीरंग माध्यमले एउटा उचाई प्राप्त गरेकोले पोखरालाई “स्कुल अफ वाटरकलर”(Pokhara, school of watercolor) भनेर चिनिदै आएको छ । यो सम्पूर्ण स्रेय कलाकारहरुको अथक प्रयास, खोज र साधनामा जान्छ । तथापी पोखरेली कलाकारहरुको दृश्य चित्रहरुलाई व्यापारिक प्रयोजन (commercial) को रुपमा लिइने गरेको पनि पाइन्छ । तर पनि पोखरेली कलाकारहरुले दृश्य चित्र बाहेक पोखराका संस्कृति र सम्पदाको पनि धेरै चित्रहरु कोरेका छन् । यसर्थ यस किसिमको खेद् सतही देखिए पनि पोखराका कलाकारहरुमा अन्तर्मनदेखि कलाको चेतना जागरण भएको र कलाका अन्य आयामहरुमा पनि हात हालेको पाइन्छ ।
पोखरेली कलामा आधा शताब्दिको इतिहाससँगै नवपुस्तामा पनि कला, कर्म र कला संस्थापनको चेतना छ । हालसालै गठन भएको पोखरा वाटरकलर सोसाइटीले नवपुस्तामा केही जोश र जागरका साथ लागि पर्न कार्यक्रमहरु लिएर आएको छ । नवपुस्ताका रुपमा सक्रिय रुपमा पानीरंग विधामा चित्र कोर्दै आएका कलाकारहरुमा थमन सुनार, सुर्य बराइली, ईशान परीयार, जगत पुन, मनोज तामाङ्ग, दलबहादुर गुरुङ्ग, कमल गुरुङ्ग, गोपाल दराई, झविन्द्र गुरुङ्ग, ज्योति गुरुङ्ग, अनिता गुरुङ्ग, विकास ७नतसेष्ठ, अमृत कार्की, हेमकान्ति गुरुङ्ग, देवेन्द्र गुरुङ्ग आदि पर्दछन् ।
पानी रङ्ग चित्रको संस्थागत प्रयास र गतिविधि ः
नेपाली कलाको इतिहास जति गौरवशाली छ त्यसरी नै समकालिन कलाको परिवेश थुप्रै विकासको सम्भावना ले भरिएको छ । काठमाडौं राजधानीमा केन्द्रिकृत कलाको माहौल बिस्तारै पोखरा, धरान र देशका अन्य भागहरुमा फैलिदै गइरहेको छ । यसर्थ आगामी समयमा हुने राजनीतिक परिवर्तन सँगै कलाको गतिविधिहरु कसरी अगाडी बढद्छ भन्ने कुरा महत्वपूर्ण हुन आउदछ ।नेपाली ललितकलाको सन्दर्भमा संस्थागत प्रयासको रुपमा २०२२ सालमा भएको नेपाल ललितकला संस्थाको स्थापना सँगै कलाको गतिविधिमा द्रुत गति लिएको पाइन्छ । कलाका सम्पूर्ण विधा र माध्यममा अभ्यास र काम भइरहेको परिवेशमा विधागत रुपमा बाहेक कलाको माध्यमको संस्थागत स्थापना र निरन्तरता नगन्य देखिन्छ । पानीरङ्ग सम्बन्धी चर्चा–परिचर्चा, प्रदर्शनी, कार्यशालाको गतिविधिहरु भएपनि लामो समयसम्म पानी रङ्गको संस्थागत पहल भएको पाइदैन । राष्ट्रिय कला जस्तो प्रदर्शनीमा पनि पानी रङ्गलाई कमसल माध्यम र विधाको रुपमा लिई पुरस्कार दिने गरिन्थ्यो । यद्यपी पोखरेली कलाकारहरु बुद्धि गुरुङ्ग, हरेराम जोजु, डि.राम पाल्पाली आदिले राष्ट्रिय पुरस्कार पाए लगत्तै पानी रङ्गलाई पनि तत्कालिन ललितकला संस्थाले प्र७नतसय दिएको आभाष गर्न सकिन्छ ।पानी रङ्गका क्षेत्रमा कलाकार स्वयं आफ्नै अथक प्रयासमा काम गरिरहेका भएपनि विभिन्न निजि संस्थाहरुले यसको प्रवद्र्धन र संरक्षण र कलाकारको प्रोत्साहनमा हात बढाउदै अगाडी आएका छन् । पार्क ग्यालरी, सिद्धार्थ आर्ट ग्यालरी, नेपाल आर्ट काउन्सिल ग्यालरी ले पानी रङ्ग लाई प्रदर्शनी र प्रवद्र्धन गर्दैै आइरहेका छन् ।
पानी रङ्ग चित्रको संरक्षण, प्रवद्र्धनका लागि सन् २००३ को फेबु्रअरीमा १४ जना पानी रङ्ग चित्रकारहरुको उपस्थितिमा नेपाल वाटरकलर सोसाइटी (NWS) को स्थापना भयो । संस्थापक कलाकारका रुपमा दुर्गा वराल, लोकप्रसाद गुरुङ, रतनकुमार राईु, बद्धि गुरुङ जीवन राजोपाध्याय, सृजन राजभण्डारी, रत्नकाजी शाक्य, हरेराम जोजु आदि थिए । स्थापना वर्षमै यसले एक बृहत् Nepali Water colour Painting in Retrospect (1850-2003) ऐतिहासिक प्रदर्शनीको आयोजना ग¥यो । जुन प्रदर्शनी लाई पानी रङ्गको इतिहासमा एक प्रगतिको रुपमा हेर्न सकिन्छ । यस संस्थाको अन्य गतिविधि सँगै पानी रङ्गको मान्यता लाई निरन्तरता केही वर्षसम्म दिए पनि अहिले सुस्ताएको अवस्थामा देखिन्छ । जुन पानी रङ्गको विधामा एक चिन्ताजनक विषय हो । नव पुस्तामा यसको कार्यभार सुम्पदै संस्थालाई जिवन्त राख्न सके यसले अझ थुप्र्रै सम्भावनाहरुलाई अङ्गिकार गर्न सक्ने अवसरहरु गुमाउदै गएको छ । यसर्थ पानी रङ्गको संस्थागत प्रयासको अभाव सँगै २०७o सालमा केही कलाकारहरु मिलेर Transparent water color society को अनौपचारिक गठन गरेका छन् । एन. बी. गुरुङ, डि. राम पाल्पाली, महेश आचार्य, ज्योतिप्रकाश वि.के., भीम श्रेष्ठ, इशान परियार, केशवराज खनाल, अनिता खनाल आदि यस संस्थामा क्रियाशिल देखिन्थे । तर यो संस्था पनि हाल आएर निस्क्रिय भएर बसेको छ ।
पानी रङ्गको विकासमा योगदान दिएका कलाकार रामानन्द जोशीको सम्झनामा पार्क ग्यालरीले २०७० भदौमा एक बेग्लै कार्यक्रमको आयोजना गरेको थियो । यसले कलाकारहरु बीच १ दिने कला गोष्ठीको साथै दोस्रो दिनमा कीर्तिपुर लगेर पानी रङ्गको कार्यशाला गराएको थियो । सो कार्यशालामा सहभागी सबैले आ–आफ्नो शैली र अवधारणामा चित्रहरु कोरेका थिए । नेपाल ललितकला एकेडेमीको २०६९ को स्थापना सँगै यसले यो माध्यमलाई खासै स्थान दिएर अगाडी बढेको पाइदैन । बढ्दो आधुनिक कलाको अन्य विधाहरुको मारमा यो विधाको कला परि आएको छ । तथापि यसले २०७१ सालमा नेपाल वाटरकलर सोसाइटी र ट्रान्सपरेन्ट वाटर कलर सोसाइटी सँग मिलेर एक बृहत् पानी रङ्गको प्रदर्शनी नाफा ग्यालरीमा गरेको थियो ।
सम्भावना र भविष्य ः
पश्चिमी कलाको सन्दर्भमा नेपाली कला सन्दर्भलाई दाँजेर हेर्दा नेपाली आध्रृ्रनिक कलाको आयामहरु विकासको गतिमा अगाडी वढेको आभाष हुन्छ । तैपनि नेपालमा यी गतिविधीहरु प्रारम्भिक विकास को चरणका रुपमा लिएर हेर्दा उपर्युक्त हुनेछ । नेपाली कला विशेष गरी पानी रङ्गको विधा मा ५० र ६० को दशकमा प्रशस्त अभ्यास र प्रदर्शनीहरु भएका छन् । यसमा प्रमुख कला संस्था र निजि कला ग्यालरीले पु¥याएको सहयोग अतुलनीय नै रहि आएको छ ।
सरकारी तवरबाट स्थापना भएको एकेडेमीले यस माध्यम र विधालाई अझ मध्यनजर गरेमा यसको विकासमा टेवा मिल्नेछ । यसर्थ स्थापना हुँदै फेरी निस्क्रिय हुँदै जाने कलाका संस्थाहरुको मनोबल लाई उच्च राख्ने रणनीति र कला नीतिहरुको प्रवल खाँचो टड्कारो रहेको छ । मुलत ः नेपाली पानी रङ्ग चित्रको सम्भावना भनेको यसको स्कूलिङ र यसमा परिक्षण÷प्रयोग गर्न सकिने नयाँ आयामहरुको खोजी नै हो । यो एक पुरानो र सर्व प्रचलित माध्यम भएको हुनाले पनि नवपुस्ताका कलाकारहरुमा यसको माध्यमका बारेमा चर्चा, कार्यशाला र आयोजनाहरु बन्नु पर्ने हुन्छ । अनि बल्ल नवपुस्तामा यसको सम्भावना सँगै विकासको गतिलाई अगाडी बढाउन सकिन्छ । संस्थाहरुको निस्क्रियतासँगै यसको भविष्य अन्यौल जस्तो देखिए पनि विदेशमा हुुने विभिन्न पानी रङ्ग सम्बन्धी कला कार्यशाला र प्रदर्शनीमा नेपाली कलाकार र कलाकृतिहरु सहभागी हुने क्रम बढ्दै गइरहेको छ । यस्ता खालका गतिविधिहरु कलाकारको आफ्नो निजी प्रयासमा भएका छन् । यस प्रति एकेडेमी जस्तो नेपाली कलाको सर्वाङ्गिण विकासको जिम्मा लिएको संस्थाले चासोको रुपमा लिएर योजनाहरु तर्जुमा गर्नु अति आवश्यक भइसकेको छ । त्यस्तै निस्क्रिय रुपमा रहेका कला संस्थालाई सञ्चालन हुनका लागि एकेडेमीले आर्थिक र अन्य पक्षबाट सहयोग गरेर हातेमालो गर्दै अगाडी बढ्नु पर्ने आवश्यक छ ।
निजी संघ संस्थाहरुको पनि भूमिका पनि अनुलनीय हुँदै आएकोले निजी संस्थाहरुलाई पनि पानी रङ्ग सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्नमा भएको कठिनाईहरुको खोज, त्यसको छलफल र आवश्यक स्रोत साधनका बारेमा आम रुपमा छलफल गरी त्यसको पहिचान र समस्या समाधान तर्फ अगाडी बढ्न पर्ने देखिन्छ । बन्द हुँदै गएका कला ग्यालरी, कला संस्थाहरु फेरी एक चोटी जुझारु भई हातेमालोका साथ अगाडी बढ्नु पर्नेहुन्छ । प्रचार–प्रसार, कार्यशाला र अन्य गतिविधिहरु प्रगति र विकासका झलकहरु हुन । त्यसैले पानी रङ्गको प्रचार प्रसार, कार्यशाला प्रदर्शनी जस्ता गतिविधिहरुको सम्पूर्ण निजी तथा सरकारी तवरबाट मध्यनजर गरी अगाडी बढ्नु पर्दछ । नेपाली कलाको बारेमा अभिलेख, पुस्तक तथा लेख प्रकाशन हुनु धेरै राम्रो पक्ष हो । यद्यपी नेपाली कलाको बारेमा इन्टरनेटमा पनि राखिनु अत्यावश्यक रहेको छ । यसमा सम्बन्धित संस्थाको ध्यानाकर्षणका लागि सुझाव दिन चाहन्छु ।

सन्दर्भ सुचीहरु
Bangdel Lain Singh, an Exhibition of Paintings by the Artists
of Pokhara, 1994
मल्ल मुकेश, तृ्लिकाघात , साझा प्रकाशन, २०५२
विवश ज्ञानेन्द्र, आकृतिको आवाज , नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं, २०६१

Mulick
Malind– water colour, Jyotsna Prakashan, Pune, Auguest 2000
बराल दुर्गा, पोखरामा कलाको विकास स् संक्षिप्त टिपोट , Autumn
Painting Exhibition, Creative Artists’ Group, 2003
Rai Ratan Kumar, Nepalese water
colour in Retrospect (1850–2003), Nepal water colour society, 2003
Rai Ratan
Kumar, Water colour from Nepal, Nepal water colour society, 2006
परियार ईशान , “ दुर्गा बरालका समसामयिक चित्रकलामा मानवीय संम्वेदना र विम्बहरू” तथा ‘जलरंग चित्रको विशेषता र सौन्दर्य’ लघृ् शोध प्रबन्ध, ललितकला केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालय, २०७०
Dr. Sharma
Yam Prasad, Contemporary Nepali Watercolour Paintings: Unity in Diversity,
Mosaic Nepali watercolor Painting, Nepal Academy of Fine Arts, 2014
www.watercolorpainting.com/famous
artist
www.arthistory.net
( नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग द्धारा आयोजित पानी रङ(watercolor) चित्रकला गोष्ठी तथा कार्यशाला २०७२, असार ३० गते कार्यपत्रको रुपमा प्रस्तुत गरिएको यो लेख आवश्यक शोध र अनृ्सन्धान सहित तयार गरीएको हो। लेखक को आधिकारीक अनुमति बिना व्यतिगत प्रयोजनका लागी कुनै पनि माध्यम बाट यो लेख प्रयोग गर्न पाइने छैन । सन्दर्भ सामग्री को रुपमा प्रयोग गर्न पाइने छ तर लेख र लेखक को जानकारी खुलाउनृ् पर्नेछ । )

Comments