कला-कुरा



कला अभिव्यक्ति को सबैभन्दा उत्कृष्ट माध्यम हो । संसार मा  अभिव्यक्तिका धेरै माध्यमहरु छन् । जस्मध्ये चित्रकला एक सशक्त माध्यम हो भन्ने कुरा सर्बबिदित नै छ ।  
मावन समाजको सुरुवातकालिन अवस्था देखि नै अभिव्यक्तिको तीव्र चाहना रहदै आएको यथार्थता प्राचीन इतिहासका अभिलेखहरूबाट हामी थाहा पाउन सक्दछौं । यही चाहना र आकाङ्क्षाका कारण विभिन्न किसिमका सामाजीक व्यवस्था र सभ्य समाज निर्माण उन्मुख हुन पुग्यो । अभिव्यक्तिका विविध माध्यमहरू जस्तै कि साहित्य, संगीत र कला जस्ता साँस्कृतिक परम्पराहरूले नै खास अर्थमा एउटा सभ्यताको जग बसाल्न प्रयत्न र साँस्कृतिक रूपमा एउटा सभ्य समाज र भुगोलको निर्माणमा अझ तिव्रता आउन पुग्यो । यी भुगोल बिच नै विभिन्न स्थान र अवस्थितिमा विविध साँस्कृतिक गतिविधि नै क्रमशः पहिचानता र मौलिकतामा परिणत भयो । यसरी नै यस्ता साँस्कृतिक क्रियाकलापहरूले हाम्रो सामाजिक र परम्परा बाँधिएको छ । जहाँ हामीले कलात्मक पक्षहरूलाई नकारी जिउन असम्भव नै हुन्छ । 
सभ्यताको पहिचान नै कला बाट सुरु भएको हुनाले सभ्यता नै कलाको मृ्र्त रुप हो । कलाले नै यो संसार सिंगारेको छ । यो संसार लाई बौद्धिक जगतमा बेग्लै पहिचान दिएको छ । 

ईशान परीयार
चित्रकार तथा लेखक


Comments

Popular Post

पानीरंग चित्रको ईतिहास र नेपाली कलाको सन्दर्भ, संभावना र भविष्य

"National Fine Art Award " winning painting