चित्रकलाको आधार, विधि र चर्चा – ईशान परियार


  चित्रकलाको आधार, विधि र चर्चा
– ईशान परियार
       चित्रकला अभिव्यक्तिको एक सशक्त माध्यम हो । मानवीय भावना, विचार, दृष्टिकोण, दर्शन, सभ्यता र सौन्दर्यलाई कलाले नै अभिव्यक्त गर्दछ । ६४ वटा कलाहरूमध्ये ६ वटा कलालाई ऋषि ‘वात्स्यायन’ ले ललित कला भनि व्याख्या गरेको पाइन्छ । जसमध्ये साहित्य, संगीत, चित्र, मूर्तिकला, वास्तुकला पर्दछन् । साहित्यको सुन्दर प्रकाशन नै कला हो भनी महाकवि लक्ष्मीप्रसाद देवकोटाले परिभाषित गरेका छन् भने रवीन्द्रनाथ टैगोरेले ‘सत्य, शिवम् सुन्दर को आधारलाई नै कला भनेर व्याख्या गरेका छन् । समष्टिमा भन्नुपर्दा जुन कलामा त्यसको ललित्य पक्षले आकर्षित गरिरहेको हुन्छ त्यही नै कला हो । यहा“ लालित्य पक्षको चर्चा गर्नु पर्दा यसमा प्रयुक्त हुने आधारभुत पक्षहरू जस्तै रेखा, आकार, छाया“, प्रकाश, रंग, वयन, सन्तुलन, संगति, लय, संयोजन जस्ता आधारहरूको उचित प्रयोगलाई लिइन्छ । जसमा हामीले सौन्दर्य पक्षको आभाष गर्न सक्दछौं । सौन्दर्य पक्ष भनेकै कलाले अभिव्यक्त गर्ने अमूर्त पक्ष / भाव हो । जस्तो कि गुलाबको पूmल हेर्दा हामी जति आकर्षित हुन्छौ । तर कुनै कुरुप वस्तुप्रति हामीमा विकर्षण र घृणा पैदाहुन्छ । यो सबै सौन्दर्यकै कारणले गर्दा भएको हो ।
       एउटा सुन्दर चित्र निर्माणका लागि यसका आधार नियम र विधिहरूको उचित किसिमको ज्ञान र प्रयोग गर्न जान्नुपर्दछ । हरेक चित्रकारीको सुरुवात रेखाबाट हुन्छ । चित्र सुरु गर्दा
Pencil   अथवा Charcoal   ले कोर्ने कार्यलाई Sketch भनिन्छ । यसरी तयार भएको स्केचमा हामी उचित रंग, छाया“, प्रकाश त्यसको आकार संयोजन, लय, संगति र वयनलाई ध्यानमा राखी चित्रलाई पूर्णता दिन्छौ ।
         रेखाको प्रयोग गर्दा सरल, समानान्तर, वक्र, विन्दुमय (Dotted line),   बा·ोटि·ो रेखा (Zigzag line),   जस्ता रेखाहरूको प्रयोग गर्दछौं । यसरी सुरु गरेको रेखाले कुनै निश्चित रुप र आकार दिएपछि Sketch   तयार हुन्छ । हामीले बनाइने चित्रहरू गोलाकार, अण्डाकार, बेलनाकार, घनाकार, आयताकार जस्ता आकारहरूमा आधारित हुन पर्दछ । यस्ता वस्तुहरूमा स्याउ, सुन्तला, केरा, गिलास, घर, मन्दिर, फुटबल, किताब, मानिस, जनावर आदि हुन सक्दछन् । त्यसपछिको अर्को दकम चित्रमा उचित प्रकाश र छाया“लाई ध्यानमा राखी Shading   गर्नु हो . Shading   गर्दा हामीले 2B, 3B, 4B, 5B, 6B   आदि पेन्सिलहरूको प्रयोग गर्न सक्दछौ अथवा हामी Sketch  माथि नै Pencil colour, Crayon, Pastel colour, Water Colour   को प्रयोग गर्न सक्दछौं । यदि shading   मात्र गर्ने हो भने विभिन्न पद्धतिहरूमा जस्त} hatching, cross hatching, smudging    आदि गर्न सक्दछौ. । यसरी गरिएको shading   मा उचित मात्रमा Tone   हरू मिल्यो÷मिलेन हेर्नुपर्छ . Tone हरू भन्नाले प्रकाशको गाढापनदेखि फिकापन हु“दै जाने क्रमलाई बुझ्दछौ । प्रकाशको उच्चतम् (Highlight)   र चित्रको छाया“ले जिवन्तता प्रदान गर्दछ । त्यस्तै चित्रमा रंग भर्दा माथि भनिएभैंm चित्र बनाउने वस्तुको रंग, छाया“ र प्रकाशलाई ध्यान दिएर बनाउनु पर्दछ । साथै रंगको गाढापन र फिक्कापनलाई पनि ध्यान पु¥याउनुपर्दछ । रंगको समी७नतसणलाई पनि ध्यानमा दिनुपर्दछ । रातो, पहेलो र निलो रंगहरू प्रारम्भिक रंगहरू हुनु भने प्रारम्भिक रंगहरू मि७नतसण भएर बनेका रंगहरू सुन्तला, प्याजी, हरियो रंग माध्यमिक रंगहरू हुन् । त्यस्तै यी बाहेकका खैरो, बैजनी, खरानी जस्ता रंगहरू Tersery  रंगहरू मध्ये पर्दछन् । (Copy)  गर्नाले सहयोग पुग्दछ र तर पछि आपूmमा आत्मविश्वास आएपछि यो बानीलाई त्याग्नुपर्दछ र रचनात्मक तरिकाले चित्रहरू सिर्जना गर्नु पर्दछ ।

       जसरी हामी संगीत सुन्दा त्यसमा भएको भंmकार हाम्रो मनले >j0f गरी हामी आनन्दि
हुन्छौ । त्यस्तै चित्र हेर्दा पनि हाम्रो आ“खाको माध्यमद्वारा आनन्दित महसुस हुनु पर्दछ । यसका लागि चित्रमा लय (Rhythm),  सन्तुलन (Balance),  संगती  (Harmony),   वयन (texture)  को उचित संयोजन (Composition)   हुनु पर्दछ । यस्तो संरचनाले बनेको कलाकृतिहरू नै सुन्दर हुन्छन् र प्रसिद्ध पनि । विश्व प्रसिद्ध कलाकृतिहरूमा हामी लियोनार्दो डा भिन्चीको मोनालिसा, लाष्टसपर (चित्र), माइकल एन्जेलोको डेभिड, पिएता मूर्ति, भ्यानगकका Cyprus tree, sunflower,  त्यस्तै JMW   टर्नर, राफायल, रेम्ब्रान्ट, रुबेन्स, मनेट, साल्भाडोर डाली, पिकासो, ज्याक्सन पोलाक जस्ता सफल कलाकारहरूलाई लिन सक्छौ । नेपालका ख्यातिप्राप्त कलाकारहरूमा अमर चित्रकार, तेज बहादुर चित्रकार, लैनसिंह बा·देल, मनुज बाबु मि७नतस, उत्तम नेपाली, वत्स गोपाल वैद्य, शशी शाह, शशीकला तिवारी, रागिनी उपाध्याय, प्रमिला गिरी, दुर्गा बराल, किरण मानन्धर, कृष्ण मानन्धर, राधेश्याम मुल्मी, बुद्धि गुरु· आदि पर्दछन् . 

Comments

Popular Post

पानीरंग चित्रको ईतिहास र नेपाली कलाको सन्दर्भ, संभावना र भविष्य

"National Fine Art Award " winning painting

कला-कुरा